काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको संख्या ४० हजार नजिक पुगेका छ ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा सङ्क्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
आज कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७