ललिलपुर ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरेको छ । चक्रपथको बल्खु पुलदेखि मनोहरासम्म र जिल्लाअन्तर्गत पर्ने चक्रपथभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार रातो मत्स्येन्द्रनाथ जात्रा स्थगन गर्ने निर्णयविपरीत शान्ति सुरक्षा र जनस्वास्थ्यमा खलल पु¥याउने गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको हो ।
हिजो पुल्चोकमा अनुमतिबिना जात्रा अगाडि बढाएपछि प्रहरी र जात्रामा सहभागीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीसमेत घाइते भएका थिए । स्थिति हेरेर आजदेखि जारी गर्न लागिएको कर्फ्युलाई समेत बढाउन सकिने प्रजिअ भट्टले बताउनुभयो ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा हिजो साँझ बसेको बैठकमा यस्तो सहमति भएको हो ।
सहमतिअनुसार आज १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत हेर्ने र २६ गते मूर्ति बुङ्गमतीमा पु¥यााएर मन्दिरमा बिराजमान गराउने कार्यक्रम रहेको छ ।
स्थानीय गुठियारले निषेधाज्ञाका र संक्रमण फैलिन सक्ने जोखिमबीच अप्रत्यासित रूपमा रथ तानेपछि गुठी संस्थानले जात्राको औपचारिकता पूरा गर्ने निर्णय लिएको हो ।
तर, कर्फ्यु लगाइएकाले शुक्रबारको क्षमापूजा गर्ने र वैकल्पिक विधिबाट रथयात्रा पूरा काम रोकिएको छ । कर्फ्यु हटेपछि यो पूरा हुनेछ । भोलि शनिबार सांकेतिक रूपमा रथ तान्ने, दिनभरि पूजाआजा गर्ने र रथलाई खटमा राखेर २२ भदौमा बुङमतीमा पुर्याउने सहमति भएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७