उदयपुर । पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा जेल सजाय तोकिएको छ । उदयपुरको जिल्ला अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आइतबार ४५ वर्षीय एकजनालाई कैद सजाय सुनाएको हो । ३८ वर्षीया पत्नीलाई इच्छाविपरित करणी गरेको कसुर ठहर गर्दै अदालतले यस्तो फैसला सुनाएको हो ।
अदालतले अभियुक्तलाई ७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाइ दिएको छ ।
मुलुकी ऐन जवरजस्ती करणीको महल ३ ९६०, मुलुकी अपराध ऐन २०७४ को दफा २१९ को उपदफा ९४० मा व्यवस्था भए वमोजिम ३ वर्ष कैद सुनाइएको उनले बताए । ऐनमा यस्तो प्रकृतिको मुद्दामा ५ वर्षसम्म कैद गर्ने व्यवस्था छ ।
नयाँ संविधानले वैवाहिक बलात्कार भएमा ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरेपछि अदालतले पहिलोपटक यस्तो फैसला सुनाएको हो । अदालतमा वैवाहिक बलात्कार सम्बन्धी हालसम्म दुई वटा मुद्दा दर्ता भइ प्रक्रियामा छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५, ०६:०८