काठमाडौं । भारतमा कोरोना भाइरसको सङ्क्रमण निकै छिटो गतिमा बढीरहेको छ । ब्राजिललाई उछिन्दै बढी सङ्क्रमित हुने देशमा भारत दोस्रो नम्बरमा उक्लिएको छ ।
तेज गतिमा सङ्क्रमण फैलिएपछि कोरोनाभाइरस सङ्क्रमित धेरै हुने देशको सूचीमा तेस्रो नम्बरमा रहँदै आएको भारत ब्राजिललाई उछिनेर अब दोस्रो नम्बरमा पुगेको हो ।
विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्याङ्कले देखाएको छ। यसअघि सङ्क्रमित हुनेको सङ्ख्या भारतमा भन्दा ब्राजिलमा बढी थियो।
अहिले भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४२ लाख पुगेको छ । मृत्यु हुने सङ्ख्या तुलनात्मक रूपमा भारतमा कम मानिन्छ। ७ू हजारभन्दा बढीको मृत्यु भएको छ ।
भारतमा सङ्क्रमण सहरबाट विस्तारै साना नगर अनि ग्रामीण क्षेत्रहरूमा सर्दैछ। हिजो एकै दिन भारतमा थप ९० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७