काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापाले गलत प्रवृत्तिलाई भत्काउने गरी अघि बढ्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आफ्नो २ वर्षे कार्यकल पूरा भएको अवसरमा सकल दर्जाहरुलाई सम्वोधन गर्दै सेनापति थापाले यस्तो निर्देशन दिनुभएको हो ।
सम्वोधनका क्रममा उहाँले सरकारले लिएको 'सुखी नेपाली, समृद्ध नेपाल' को नारालाई व्यवहारमा कार्यान्वयका लागि आआफ्नो ठाउँबाट लागिपर्न पनि अनुरोध गर्नुभयो ।
करिब ३ घण्टा सकल दर्जालाई सम्वोधन गरिसकेपछि थापाले बिभिन्न सञ्चार माध्यमका स्पादकहरुसँग पनि अन्तरक्रिया गर्नुभएको थियो ।
त्यसक्रममा प्रधानसेनापति थापाले सङ्कटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने बताउनुभएको थियो ।
प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएर तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा हिजो जङ्गीअड्डामा प्रधानसेनापति थापाले सम्पादकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्नुभएको हो ।
नेपाली सेनाले नागरिक सर्वोच्चतालाई कदर गर्दै आएको र सरकारको आदेश पालना गर्नु सेनाको दायित्व भएकोमा जोड दिँदै थापाले स्वास्थ्य सामग्री खरीदको विषयलाई लिएर रक्षा मन्त्रालय र जङ्गी अड्डावीच कुनै द्विविधा नरहेको दावी गर्नुभयो ।
प्रधानसेनापति थापाले सैन्य प्रमुखको जिम्मेवारी २०७५ साल भदौ २४ गतेदेखि सम्हाल्नुभएको थियो ।
प्रधानसेनापति थापाले सकल दर्जालाई गर्नुभएको सम्वोधनको पूर्णपाठः
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७