काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले हिजो कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गर्नुभयो ।
प्याजको मूल्यमा चर्को कालोबजारी भएको गुनासो उपभोक्ताले गरेपछि मन्त्री भट्टले हिजो बिहान बजारमा छड्के अनुगमन गर्नुभएको हो ।
नचिनिने गरी उपभोक्ता बनेर बजार पुग्नुभएका मन्त्री भट्टले केही पसलमा प्याजको मूल्य सोध्नुभयो र खरिद पनि गर्नुभयो ।
व्यापारीले मन्त्रीलाई चिनेनन् । हरेक पसलमा मूल्य फरक पाउनुभयो । एक ठाउँमा एकसय १० र अर्को एक ठाउँमा एकसय २० तिर्नुभयो । कालीमाटीमा त व्यापारीले मन्त्रीलाई किलोको एकसय ५० रुपैयाँ भने ।
मन्त्री भट्टले बल्खुका ७ वटा पसलमा प्याजको मूल्य अनुगमन गर्नुभएको थियो ।
ति पसलहरूमा अघिल्लो दिनसम्म ७५ रुपैयाँ बेचिएको प्याज एक सय १० देखि एकसय ५० रुपैयाँमा बिक्री भइरहेको पाइएको उहाँले बताउनुभयो ।
भट्टका अनुसार प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको जस्ता कैफियत पाइएपछि ७ वटा पसल सिल गरिएको र आवश्यक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको छ ।
प्याजको मूल्य बढाएर बिक्री गरेको अभियोगमा चार जना पक्राउ समेत परे ।
बिहान अनुगमनमा निस्कनुभएका मन्त्री भट्टलाई साँझ सीआईएनले टेलिफोन गरेरमन्त्रीले एक/दुईवटा पसलमा अनुगमन गरेर कालोबजारी रोकिन्छ ? भनेर सोध्यो ।
आपूर्तिमन्त्री भट्टको जवाफ यस्तो छ :
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७, १३:०७