काठमाडौँ । मुलुकभरमा गरी थप १२ सय ४ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको बितेको २४ घण्टाको विवरणअनुसार देशभरका प्रयोगशालामा १० हजार ३ सय ३३ नमूना जाँच्दा ४ सय ८ महिला र ७ सय ९६ पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । उनीहरूमध्ये ४ सय १ जनाको भने मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्र १४ सय ४७ जना कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ७ सय ११ जना सङ्क्रमित थपिएका मध्ये काठमाडौँ जिल्लाका ५ सय ७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जना छन् ।
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७, २१:०८