नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर २० को मनकामना टोलमा महिलाहरुलाई प्याड बनाउने तालिम प्रदान गरिएकोछ ।
महिलाहरुलाई महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड अस्वस्थकर हुने भएपछि समुदायका महिलाहरुलाई कपडाको प्याड बनाउने तालिम प्रदान गरिएको हो ।
३० जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा सप्रिया शाही ठकुरीले प्रशिक्षण दिनु भएको थियो । प्याड बनाउने तरिका, प्याडका फाईदाहरु लगायतका बारेमा उहाँले जानकारी दिनु भएको थयो ।
उडान नेपाल नामक गैर सरकारी संस्थाको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५, २०:४७