काठमाडौँ । सरकारले केही आरटी पीसीआर प्रयोगशालाहरूमा कोरोना भएकालाई पनि नभएको नतिजा देखाएको भन्दै गुणस्तर कायम गर्न प्रयोगशालाहरूलाई निर्देशन दिएको छ ।
प्रयोगशालाहरूमा ’फल्स नेगेटिभ’ अर्थात पोजेटिभ केसलाई पनि नेगेटिभ देखाउने गुनासो आएको भन्दै प्रयोगशाला सञ्चालकहरूलाई गुणस्तर कामय गर्न भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
‘पिसिआर परीक्षणमा पनि ‘फल्स नेगेटिभ’ आउने सीमित सम्भावना त हुन्छ तर त्योभन्दा धेरै नेगेटिभ आएको भन्ने गुनासो आएको छ । यसमा सजक रहनका लागि अनुरोध गरिएको छ ।' गौतमले भन्नुभयो ।
अहिले देशभर निजी र सरकारी गरी ४९ वटा प्रयोगशालाहरूले पिसिआर परीक्षण गर्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७, १७:३४