काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कमिटी सदस्य र पार्टीका पूणर्कालीन कार्यकर्तालाई नियमित आर्थिक सहयोग दिन प्रस्ताव गरेको छ । यो विषय छलफलका लागि आज सचिवालयमा प्रस्तुत गरेको छ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज पेरिसडाँडामा बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई पार्टीले आर्थिक सहयोग दिने एजेन्डा पनि पेश गरिएको जानकारी दिनुभयो ।
सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्नेजस्ता एजेन्डामाथि भोलि दिउँसो १ बजे पेरिसडाँडामै बस्ने सचिवालय बैठकमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।
प्रदेश जिल्ला वा त्योभन्दा तलको हकमा सम्बन्धित कमिटीहरूले नै आर्थिक सहयोग दिने वा नदिने भन्नेबारे छलफल गर्नेछन्। तर केन्द्रीय सदस्यका लागि भने सचिवालय बैठकले छलफल गर्न लागेको हो।
कोरोना महामारी रहेकोले संघीय संसदका सांसद बैठक भत्ता के गर्ने भन्नेबारे पनि सचिवालयले छलफल गरी निणर्य लिने श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७, १७:५८