काठमाडौं ।
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले किङ्ग्स इलेभेन पञ्जाबलाई हराएको छ । दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो ।
पञ्जाबले सुपर ओभरको ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । दिल्ली तीन बलमा लक्ष्य पूरा गर्न सफल भयो । यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्र बनायो ।
पञ्जाबका लागि मयंक अग्रवालले ८९ रन बनाउनुभयो । कप्तान केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाउनुभएको थियो ।
तर अन्य ब्याट्स्म्यानले उलेख्य प्रदर्शन सकेनन् । दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले खराब सुरुवात गरेको थियो ।
दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित ५३ रनको पाली खेलेका खेल्दा, कप्तान श्रेयस अऐरले ३९ तथा ऋषभ पन्तले ३१ रन बनाउनुभयो ।
दिल्लीबिरुद्ध पञ्जाबका बलरले राम्रो प्रर्दशन गरेका थिए । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिँदा, सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पार्नुभयो ।
पञ्जाबलाई हराएसँगै दिल्लीले अंक तालिकामा २ अंक जोडेको छ ।
आईपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैङ्लोर र सन् राईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७, ०७:१०