काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा थप १२ सय ७ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नोबेल कोरोना भाइरस बारेको अध्यावधिक विवरण नियमित सार्वजनिक गर्नेक्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको हो ।
काठमाडौँ उपत्यकामा ७ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुर ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७१ हजार ८ सय २१ पुगेको छ । बितेको २४ घण्टामा कोरोनामुक्त हुनेको सङ्ख्या ११ सय ४७ रहेको पनि प्रवक्ता गौतमले बताउनुभयो ।
कोरोनामुक्त हुनेको हालसम्मको सङ्ख्या ५१ हजार १३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसकको सङ्क्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७, १७:०९