काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ जारी गर्नुभएको छ।
पछिल्लो समय एसिड अर्थात तेजाव आक्रमणका घटना बढ्दै गएपछि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी आक्रमण गर्नेमाथि थप सजायको व्यवस्था अध्यादेशमा गरेको छ ।
तेजाब आक्रमण गर्नेलाई बढीमा २० वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था अध्यादेशमा गरिएको छ ।
राष्ट्रपतिबाट फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७७ पनि जारी भएको छ ।
संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम सरकारको सिफारिसमा यी अध्यादेश राष्ट्रपति भण्डारीले जारी गर्नुभएको राष्ट्रपति कार्यालय प्रवक्त हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७, १६:२०