काठमाडौँ । काठमाडौँ उपत्यकाका जिल्ला मध्य काठमाडौँपछि ललितपुर जिल्लामाा कोरोना सङ्क्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाको तीन जिल्लामा बितेको २४ घण्टामा ८ सय १७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जनामा नोबेल कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौँमा २ सय ३५ महिला र ४ सय १४ पुरुष, ललितपुरमा ५० महिला र ८२ पुरुष तथा भक्तपुरमा १६ महिला र २० पुरुष सङ्क्रमित थपिएका हुन् ।
उपत्यकाका तीन जिल्ला सम्मिलित वागमती प्रदेशमा ८ सय ९३ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
चौबीस घण्टामा एक हजार ३ सय ५१ जना कोरोना संक्रमित थपिएकोमा ८ सय ९३ सङ्क्रमित वागमती प्रदेशकै छन् । काठमाडौं उपत्यकाबाहेक मकवानपुरमा सबैभन्दा बढी ४० जना सङ्क्रमित थपिएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७, १६:४१