काठमाडौँ । काठमाडौँ उपत्यकामा नोबेल कोरोना भाइरसका ९ सय ३४ सङ्क्रमित थपिएका छन् । बितेको २४ घण्टामा उनीहरु थपिएको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा ७ सय ४७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौँमा ३ सय ७ महिला र ४ सय ४० पुरुष, ललितपुरमा ४७ महिला र ६७ पुरुष तथा भक्तपुरमा २८ महिला र ४५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
वागमती प्रदेशका ११ जिल्लामा पछिल्लो २४ घण्टामा थप एक हजार २८ जनामा सङ्क्रमण पुष्टि भएको हो । देशभरिमा गरी एक हजार ५ सय १३ जना नयाँ सङ्क्रमित आज थपिएकोमा दुई तिहाइ वागतमी प्रदेशका रहेका छन् ।
काठमाडौँ उपत्यकाबाहेक चितवनमा सबैभन्दा बढी ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७, १७:१२