नोबेल कोरोना भाइरस (कोभिड–१९) ले संसार ठप्प प्रायः छ ।
नेपालीको चलायमान गति धिमा भएको पनि ६ महिनाभन्दा बढी भयो । डुलिरहन, हिँडिरहन, खाइरहन, साथीहरू भेटिरहन र गफ लाइरहन मन लाग्ने म जस्ता मान्छेहरूलाई यो समय कति सकसपूर्ण भयो ? कि मलाई थाहा होला, कि म जस्तै मान्छेहरूलाई मात्रै थाहा होला । तर भौतिक रूपमा हिँड्न नपाएर के भो ? मनले त संसारभर डुमेरो लगाइरहेकै छ ।
‘डुमेरो’ ! नामै काफी । अर्थात् यसलाई यसरी भनौँ न, आकर्षक खालको, मान्छेलाई तानिहाल्ने खालको । पढ्न अलि धेरै मन पर्छ । लकडाउनले आजित भएको बेला आएको नयाँ पुस्तक नपढ्ने त कुरै भएन ।
देशको कुनाकन्दरा डुलि हिँड्ने र देखेका कुरा काठमाडौँलाई सुनाउनुपर्छ भनेर छापामा लेखिरहने सरला गौतमका फुटकर लेखहरूको एक किसिमको फ्यान थिएँ । अब भने पढ्दै छु, उनको पुस्तक ।
एउटा स्कुल पढ्दै गरेकी फुच्ची केटी । फुपू दिदीको सहारामा कसरी हुर्काउँदै छ मनमा जीवनको रुमानी सपना । पढ्दै छु । चितवनको कुनै एउटा बस्तीमा हुर्किरहेको रङ्गिन सपना कसरी नारायणघाट बजारसम्म आइपुग्यो ?
सपनाको रङ पच्छ्याउदै कसरी आइपुगी उ काठमाडौँ ? हिरोइन बन्ने सपना देखेर सहर आएकी एउटी युवतीले सपना पूरा गरेबापत के के भोग्नुपर्छ ?
केही गर्छु भनेर एक्लै आँट गर्ने युवतीले जीवनको एक चौथाइ पल नकाट्दै के के त्याग्नुपर्छ जीन्दगीको ? मनको सपनालाई जीवनको आकारमा बदल्न हिँडेकी युवतीको सङ्घर्ष र त्यसका बाबजुद समाजबाट खेप्नुपर्ने दुःखको ऐना हो डुमेरो ।
सोनम त्यस्तै ४०/४२ साले होली । सानैदेखि फिल्म भनेपछि भुतुक्कै । उसकी फुपू छन् घरमा ।
उनलाई झन् लगाब छ सिनेमामा । स्कूल छोडेर सुटिङ् । पढ्न छोडेर फिलिम हल । घरको काम थाँती राखेर फिलिम हल चाहर्नु चाहरेपछि मात्रै हो सोनम अर्थात् सोनुको व्यावसायिक जिन्दगी सुरु भएको ।
तिनताका एफएमहरू साह्रै लोकप्रिय थिए ।
केही महिनाअघि साम्राज्ञी राज्यलक्ष्मी शाहले हिंसा भोग्नु परेको भन्दै आवाज उठाइन् । तर उनको एक्लो आवाज सहरको कोलाहालमा कतै हरायो । कतिले साथ दिए, त्यो देखिएकै हो ।
उनी एफएममा बोल्ने भइन् । सजिलै बोल्न सक्ने । फर्ररर....। परिवार मध्यमवर्गीय । दुःख छैन । बा र फुपू सपोर्टिभ । आमा अलि शङ्कालु । भाइहरू छन् सानै । क्रिकेटका फ्यान ।
सोनमको जीवनको घुम्ती मोडिन्छ, चितवनको लोकल टिभीमा काम सुरु गरेपछि । सोनम साह्रै फरवार्ड लाग्छिन् । कहिलेकाहीँ लाग्छ, लेखक फरवार्ड भएकै कारण पात्र फरवार्ड भएको छ । नत्र भने सानै उमेरमा हल्का राजनीति, हल्का कुटनीति र कन्फिडेन्स् कसरी आउँछ ?
मिडियाका कुरा र व्यवस्थापन कसरी थाहा हुन्छ ? किन कि लेखक हुन् आफैँमा रेडियोकर्मी ।
टिभीमा काम गर्दागर्दै भोजपुरी चलचित्रमा काम गर्ने अफर आउँछ । तब हो सोनमको सपनाको रङ झन् गाढा बनेको । काँचको पर्दामा देखिए जस्तो चलचित्रकर्मीहरूको जीवन उस्तै छ त रङ्गिन ?
थाहा पाउन सोनम उर्फ सिम्रनको कथा पढ्नुपर्छ । चितवनकी सोनम काठमाडौँ आएर भएकी छ सिम्रन । आफन्ती छँदाछँदै एक्लै बस्ने र सङ्घर्ष गर्ने बाटो रोजेकी छ ।
नियमित रूपमा सुको कमाइ नहुँदै अनामनगरमा २ कोठा लिने साहस गरेकी छ । बरु गुल्कोज, बिस्कुट र पानी खाएर बस्छे तर बेच्दिन आत्मस्वाभिमान ।
डुमेरो फिल्म क्षेत्र भित्रको अन्तरकुन्तरको कथा त हो नै, एउटा सशक्त महिलावादी धारको पुस्तक पनि हो । किन कि डुमेरोका महिला पात्रहरू अक्सर हार्दैनन् । चाहे जोसुकै हुन् । मुख्य पात्र सोनु उर्फ सिम्रन होस् वा उसको पत्रकार साथी । फुपू दिदीदेखि नताशासम्म ।
त्यसै पनि डुमेरो एक जना युवतीको स्वतन्त्रता र सङ्घर्ष अनि सफलताको कथा हो । नेपाली फिल्म इन्ड्रस्टिमा भर्खरभर्खर मात्रै आफूमाथि भएका हिंसाको बारेमा बोल्न सुरु भएको छ ।
केही नायिकाहरूले हिंसाविरुद्ध अभियान चलाइरहेका छन् । तर अझैँ पनि नायिकाहरू आफूमाथि भएका शारीरिक, मानसिक हिंसा र दुव्र्यवहारहरू बारे खुलेर भन्न सकिरहेका छैनन् ।
केही महिनाअघि साम्राज्ञी राज्यलक्ष्मी शाहले हिंसा भोग्नु परेको भन्दै आवाज उठाइन् । तर उनको एक्लो आवाज सहरको कोलाहालमा कतै हरायो । कतिले साथ दिए, त्यो देखिएकै हो ।
बारम्बार नायिकाहरू गलत समाचार र गसिपको मारमा परिरहन्छन् । हकरले पत्रिका डुलाउँदै हिंड्ने समयदेखि सामाजिक सञ्जाललाई असामाजिक बनाउने अहिलेको समयसम्म । उस्तै छ, चलचित्र क्षेत्र । जहाँ भएका, नभएका नाता सम्बन्धलाई लिएर अनावश्यक चर्चा गरिन्छ र मिडिया चलाइन्छ ।
नातावाद र कृपावाद हाबी हुन्छ । ग्रपिजम् हुन्छ । भारतमा सुशान्त सिंह राजपुतको प्रकरणपछि, ग्रुपिजम् र नातावादको हावा नेपाली चत्रचित्र क्षेत्रमा पनि लागेकै देखियो । तर, एक्लैएक्लै सङ्घर्ष गरिरहेका नायिकाहरु अहिले रङ्गीन दुनियाँभित्रको दुखारी बारेमा बोल्न सुरु गरेका छन् ।
हो, डुमेरोमा पनि त्यही छ । सोनमबाट सिम्रन बन्न उसले गरेका सङ्घर्ष र चुनौतीलाई भन्दा उसको रूप, रङ र सम्बन्धहरूको बारेमा अक्सर चर्चा हुने गरेको छ, फिल्मी वृतमा । चलचित्र क्षेत्रमा हुने कमाइ, गर्नुपर्ने मेन्टेन र धान्नुपर्ने इज्जतको तालमेल मिलाउन कति नायिकाहरू अझैँ पनि न्यूरोड या कुपन्डोलका बुटिकहरूबाट कपडा सापटी लाँदा हुन् ।
उसको जीवनमा प्रेम बनेर रियाज नआएको भए, उसलाई हौसला नदिएको भए, उसलाई त्यति धेरै भर गरेर चलचित्र निर्देशन गर्न नदिएको भए, के उसैगरी मिल्थ्यो होला उसलाई सफलता ?
श्रृषा कार्की प्रकरण दोहोरिरहन्छ । कारण, पत्रकारिताले कलाकारितालाई सम्मान गरेको छैन । भएनभएको लेखेकै कारण ज्ञान, सीप, क्षमता र अभिनयभन्दा उमेर अनुहार अनि निकटता बिकेको छ ।
फलस्वरुप चल्दाचल्दै सिम्रनले चलचित्र क्षेत्रबाट हात धुनुपर्ने परिस्थिति आएको छ । एक समयका खुब चल्तिका नायिकाहरू कृष्टि मैनालीदेखि सारङ्गा श्रेष्ठसम्म, जल शाहदेखि ऋचा घिमिरेसम्म थुप्रै नायिका विदेशिएका छन् ।
यताको हैरानीले हैरान भएर सिम्रन पनि चलचित्रको सपना त्यागेर अमेरिका हुँइकिदै गर्दा लाग्छ कथाको अन्त्य होला । तर अहँ, उसको आँट, धैर्यता र लगनशिलताले उसलाई पुनः फर्काउँछ ।
डुमेरो फिल्म क्षेत्र भित्रको अन्तरकुन्तरको कथा त हो नै, एउटा सशक्त महिलावादी धारको पुस्तक पनि हो । किन कि डुमेरोका महिला पात्रहरू अक्सर हार्दैनन् । चाहे जोसुकै हुन् । मुख्य पात्र सोनु उर्फ सिम्रन होस् वा उसको पत्रकार साथी । फुपू दिदीदेखि नताशासम्म ।
यसमा लेखकको चतुर्याँइ जस्तो पनि लाग्छ कि, पात्रहरू पढालेखा छन् । साहित्य, राजनीति र समाजसँग उत्पातै रुचि । सिम्रन २०६२÷६३ को जनआन्दोलनमा पनि सहभागी बन्न भ्याएकी छ ।
कतैकतै त नेतृत्व नै गर्न भ्याएकी छ ।
अहिले पनि चलचित्रमा त के अन्य जुन क्षेत्रमा पनि नारीलाई प्रधान गरेर कमै मात्रै विषय उठाइन्छ । र, उठिहालेमा पनि साइड लाउन खोजिन्छ । सामान्यीकरण गरिन्छ, जसरी गर्न खोजिएको छ सुरुमा डुमेरो भित्रको चलचित्र सकसमा ।
कति युवतीहरूको दिनचर्या थियो होला त्यतिबेला दिनभरी आन्दोलन । घर पुगेर भोकै सुत्ने । उसले पनि बुझेकी छ, जीवनको लक्ष्य । र लक्ष्य पूरा गर्न खेप्नु पर्ने दुःख ।
डुमेरो सङ्घर्षभित्र लुकेको प्रेम कथा पनि हो एक किसिमले । एक हिसाबले भन्दा यहाँ लेखक उदार लाग्छ, कि मुख्य पात्र ज–जसलाई प्रेम गर्न पुग्छे उनीहरू पनि सिम्रनलाई ज्यानै दिएर प्रेम गर्छन् ।
भलै सबैको भागमा त्यसो नपर्न पनि सक्छ । जित्ने त प्रेमले नै हो र हो आत्मविश्वासले ।
उसको जीवनमा प्रेम बनेर रियाज नआएको भए, उसलाई हौसला नदिएको भए, उसलाई त्यति धेरै भर गरेर चलचित्र निर्देशन गर्न नदिएको भए, के उसैगरी मिल्थ्यो होला उसलाई सफलता ? प्रेमकै कारण हुनुपर्छ सोनुले निर्देशन गरेको फिल्म सकसले महिलाहरूको विषयलाई खरो रूपमा उठाएको छ । सहरमा तहल्का पिटेको छ ।
अभिराजले त्यति धेरै प्रेम र हौसला नदिएको भए उ सायद पुग्ने नै थिइन होला थेसिस गर्ने बाहनामा मधेसका गाउँहरू । अनगिन्ती कथा र पात्रहरू उसले भेट्ने थिइन ।
थाहा पाउने थिइ कि थिइन कुन्नी साँच्चैको नेपालको चित्र । बु्रनो त्यति सहयोगी नभएको भए उसले दिल्लीदेखि अमेरिकासम्मका चिल्ला सडक र बजारहरूमा डुमेरो लाउने अवसर पाउँथी कि नाइ होला ?
डुमेरो चलचित्र क्षेत्रभित्रको केही विकृतिहरू र त्यसको विरुद्धको साहसको सङ्गालो पनि हो । र, हो एउटा सकसपूर्ण र सङ्घर्षशील समयभित्रको सफलताको कथा ।
अहिले पनि चलचित्रमा त के अन्य जुन क्षेत्रमा पनि नारीलाई प्रधान गरेर कमै मात्रै विषय उठाइन्छ । र, उठिहालेमा पनि साइड लाउन खोजिन्छ । सामान्यीकरण गरिन्छ, जसरी गर्न खोजिएको छ सुरुमा डुमेरो भित्रको चलचित्र सकसमा ।
तर अन्ततः अध्ययन गरेर गरिएको, मनदेखि गरिएको र सत्यको मार्गमा रहेर गरिएको काम सफल हुन्छ भन्ने सन्देश पनि डुमेरोले दिएको छ ।
३ सय २६ पृष्ठको डुमेरोको भाषा, शैली सरल छ तर गहन ।
ओझिलो रूपमा प्रेम, समाज र राजनीतिका दर्शनहरू समावेश छन् । लेखनमा उदारता छ । प्रेम र यौनमा पनि पात्र उदार लाग्छन् ।
पात्रहरू प्रकृति प्रेमी छन् । देशविदेश, चारचौरास डुमेरो लाएर पनि नेपालमा नै केही गर्नुपर्छ भन्ने जस्तो भावना बोकेका । समग्रमा भन्दा डुमेरो हो एक प्रेरणादायी पात्रहरूको कथा ।
जसले बोल्छ, आम युवाहरूको भावना । जो स्वतन्त्र भएर आफ्नो जीवन बिताउन चाहन्छन् । आफ्नो शोखको समय काट्न चाहन्छन् ।
डुमेरो चलचित्र क्षेत्रभित्रको केही विकृतिहरू र त्यसको विरुद्धको साहसको सङ्गालो पनि हो । र, हो एउटा सकसपूर्ण र सङ्घर्षशील समयभित्रको सफलताको कथा ।
पुस्तकः डुमेरो
लेखकः सरला गौतम
प्रकाशकः नेपालय
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७, १६:५१