काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय नै कोरोना भारइरस सङ्क्रमणमा परेको छ । सचिवालयका चार जना, राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि सङक्रमण भएको छ ।
चार जनालाई सङक्रमण भएपछि प्रधानमन्त्री ओली आइसोलेसनमा बस्नु भएको छ । उहाँको फेरि स्वाब संकलन गर्ने तयारी छ । विदेश मामिला सल्लाहकार डाक्टर भट्टराइले कसरी सङ्क्रमण भयो भन्ने विषयमा थाहा हुन नसकेको सीआईएनसँग बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएको छ ।
प्रधानमन्त्री ओली केही दिन भेटघाट बन्द गर्ने मनस्थितिमा हुनुहुुन्छ ।
गत बिहीबार स्वाब परीक्षण रिपोर्ट भने प्रधानमन्त्री ओलीसहित श्रीमती राधिका शाक्यको नेगेटिभ देखिएको थियो । प्रधानमन्त्रीले सावधानीका साथ नै भेटघाट गर्दै आउनुभएकाले उहाँमा जोखिम कम रहेको विदेश मामिला सल्लाह कार भट्टराईको भनाई छ ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७, ०७:५३