बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज मंगलबार प्रदेशसभामा मतदान हुँदैछ । अहिले प्रदेशसभाको बैठक बसिरहेको छ । सांसदहरुले भनाई राखिरहेका छन । सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सोमबार सकिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७, १३:२३