काठमाडौँ । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा अवस्थित भालुवाङमा बनाउने प्रस्ताव पारित भएको छ ।
प्रदेशसभामा आज भएको मतदानमामा देउखुरी उपत्यकामा स्थायी राजधानी राख्ने पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो ।
काँग्रेसका १९ मध्ये ६ जना सांसदले देउखुरी उपत्यकामै स्थायी राजधानी बनाउने पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्। प्रदेशमा रहेका जम्मा ८७ जनामध्ये ८२ जना मतदानमा सहभागी भएका थिए ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७, १६:०५