काठमाडौँ । प्रदेश ५ को नाम अब लुम्बिनी रहने भएको छ । प्रदेशसभामा आझ भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत खसेको थियो ।
शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयङ्गम गर्दै साझा चिनारीका रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामकरण गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष सरकारले प्रस्तुत गरेको थियो।
प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना आजको मतदानमा सहभागी थिए। २०७४ सालमा गठन भएको प्रदेश सभाले ढाइ वर्षपछि नाम र स्थायी राजधानी पाएको हो ।
संविधानको धारा २८८ (२) मा प्रदेशको राजधानी प्रदेश सभाले तोक्ने व्यवस्था गरिएको छ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७, १६:३१