आफ्नो छोराछोरी र परिवारको अगाडि निराश र चिन्तित भएर बस्न कसलाई मन होला ? तर ललितपुरका सुरेन शर्मा (नाम परिवर्तन) सधैँ निराश हुन्थे । जति बल गरे पनि खुसी हुन सक्दैन थिए ।
घरमा सबै रमाईरहँदा पनि परिवारसँग रमाउन सक्दैन थिए, राति निन्द्रा नलागेर छटपट भएपछि कसैले थाहा नपाउने गरी निन्द्रा लाग्ने औषधि खाएर सुत्थे ।
मनमा निन्द्रा नलाग्ने, शरीरका नसाहरु सुक्दै जाने, आलस्य हुने, मानिसहरूसँग कुरा गर्न मन नलाग्ने, त्यतिकै टाढिने हुन थालेपछि उनले आफूमा ठूलै समस्या देखे र मनोपरामर्शदाताकोमा गए ।
उपचार सुरु भयो, औषधि खान थालेपछि बिस्तारै बिस्तारै सबै कुरा रमाइलो लाग्न थाल्यो । समाजमा मानसिक समस्यालाई गलत दृष्टिकोणले हेर्ने परिपाटीको कारण उनी नाम खोल्न तयार छैनन् ।
डिप्रेसन मानसिक रोगको सुरुवात अवस्था हो । डिप्रेसन जस्ता मानसिक समस्याहरू उपचारयोग्य हुन्छन् र यसमा निको हुने सम्भावना पनि हुन्छ ।
उनले जस्तै उचित उपचार र परामर्श पाए यस्ता समस्या बेलैमा समाधान हुन्छ । यसो भएमा मानसिक समस्याले विकराल रूप लिन पाउँदैन ।
मानसिक रोग र डिप्रेसनको मुख्य कारणमा सामाजिक लान्छना, प्रेममा असफल हुनु, पढाइमा फेल हुनु, गरिबी, सामाजिक असुरक्षा, पारिवारिक विखण्डन, लागुपदार्थको अत्यधिक प्रयोग आदि हो भन्ने गरेता पनि यसको एउटा मात्रै कारण हुदैन ।
मनोचिकित्सक बिक्रम काफ्लेका अनुसार यसका कारण निम्न छन्
क) जैविक तत्वहरू
मस्तिष्कमा रासायनिक असन्तुलन हुने र वंशानुगत कारणले पनि मानसिक रोगहरू देखिन सक्छन् ।
ख) मनोसामजिक तत्वहरू
आत्मसम्मानको कमि, हिनतावोधको भावना, बाल्यकालमा हुने वेवास्ता, अप्रिय घटना, पारिवारिक समस्या, विध्वंस सामना गर्ने विधि, जुझारुपन, समस्या समाधान गर्ने सीपको कमि आदि कारणले पनि मानसिक समस्याहरू देखिन सक्छन् ।
ग) सामाजिक तत्वहरू
घरेलु हिंसा, शारीरिक तथा यौनजन्य हिंसा, गरिबी, बेरोजगारी, आप्रवासन, बालविवाह, जबरजस्ती विवाह आदि कारणले पनि मानसिक समस्या देखिन सक्छ ।
घ) मानव सिर्जित तथा प्राकृतिक विपद्
भूकप्प, बाढी, पहिरो, राजनीतिक द्वन्द्व, दुर्घटना, कोभिड १९ को महामारी जस्ता विपद्हरूका कारण पनि मानसिक समस्या देखिन सक्छ ।
हाम्रो समाजमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति र परिवारका सदस्यप्रतिको लाञ्छना, भेदभाव, अवहेलना र मानव अधिकारको हनन् भएको अवस्था निक्कै दर्दनाक अवस्थामा छ ।
स्वास्थ्य संस्थालाई मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिन दवाव दिने र स्थानीय तहलाई पनि मनोपरामर्शको व्यवस्थाको लागि घचघचाईरने भन्ने योजना पनि रेडियोकर्मीहरूले बनाएका छन् ।
यसमा जनचेतना फैलाउन सकिएको छैन । त्यतिमात्रै कहाँ हो र अधिकारको क्षेत्रमै काम गर्ने कार्यालयहरूले पनि डिप्रेसनमा रहेका र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई फरक व्यवहार गर्ने गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कले संसारभर कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको देखाएको छ ।
डिप्रेसन मानसिक रोगको सुरुवात अवस्था हो । डिप्रेसन जस्ता मानसिक समस्याहरू उपचारयोग्य हुन्छन् र यसमा निको हुने सम्भावना पनि हुन्छ । तर बेलैमा मनोपरामर्शदाता र स्वास्थ्य संस्थामा गइएन भने यो जटिल अवस्थामा पुग्न सक्छ । आत्महत्याको मुख्य कारण डिप्रेसन नै हो ।
हरेक ४० सेकेन्डमा एक जनाले आत्म हत्या गर्ने गरेका छन् भने १५ देखी २९ उमेर समूहको मृत्युको दोस्रो कारण नै आत्महत्या भएको विश्व स्वास्थ्य सङ्गठनको सन् २०१६ को एक अध्ययनले देखाएको छ ।
तनाव र जीवनमा घटेका केही घटनाको कारणले पनि डिप्रेशन हुन्छ । डिप्रेशन र अन्य मानसिक समस्याहरू भएकाहरूमा निशारावादी सोँचहरू हुने, आफूलाई कमजोर महसुस गर्ने, दुःखी महसुस गर्ने, डराउने, आफूलाई दोषी महसुस गर्ने भएकाले उनीहरूको लागि सुरुको उपचार भनेको परामर्श हो ।
तर परिवार र आफन्तहरूले उनीहरूलाई अन्य दोष र कारण देखाएर थप पीडा थपिदिएका हुन्छन् । त्यसैले मानसिक स्वास्थ्य र मनोबैज्ञानिक स्वास्थको लागि व्यापक जनचेतना फैलाउनु आवश्यक छ । यसमा सबैभन्दा बढी स्थानीय रेडियोहरूले भूमिका खेल्न सक्दछन् ।
यसै भूमिकालाई अझ सशक्त बनाउनको लागि सामुदायिक रेडियोहरूको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घले यूनिसेफ, कान्ति बाल अस्पताल, टीपीओ नेपाल आदी संस्थाहरूको सहकार्यमा देशैभरिका सामुदायिक रेडियोकर्मीहरूको लागि तालिमको आयोजना गर्यो ।
जीवनलाई अध्यारो महसुस गरेर पीडामा बाँचेको जीवनमा उज्यालो ल्याउन सकिन्छ । मानसिक असन्तुलन भएका व्यक्तिको लागि आत्मसम्मान र माया सबैभन्दा ठूलो औषधि हो भन्ने तथ्यलाई हरेक व्यक्तिले सधैँ सम्झनु पर्दछ ।
असोज ५ गतेदेखि सुरु भएको तालिम असोज १९ गते सम्पन्न भयो । १३ वटा समहमा गरिएको तालिममा ३ सय ३० भन्दा बढी रेडियोकर्मीहरू सहभागी भए ।
बढ्दो आत्महत्यालाई निरुत्साहित गर्नको लागि र परामर्शमा जानको लागि आम स्रोतालाई प्रोत्साहन गर्ने सामग्री तयार गर्ने बारेमा हामिले तालिममा मसिनो ढङ्गले छलफल पनि गरेका छौँ ।
तालिममा हामीले मानसिक स्वास्थ्य जस्तो संवेदनशील विषयमा कसरी समाचार, कार्यक्रम दिने भन्ने बारेमा निर्देशिका तयार गरेर अघि बढ्नुपर्ने निस्कर्ष पनि निकालेका छौँ ।
अब हामी सबै रेडियोकर्मी शारीरिक स्वास्थ्यका लागि मात्रै नभइ मानसिक र सामाजिक स्वस्थ्यको क्षेत्रमा पनि उत्तिकै मात्रामा केन्द्रित भएर काम गर्न पनि प्रतिबद्ध भएका छौँ ।
स्वास्थ्य संस्थालाई मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिन दवाव दिने र स्थानीय तहलाई पनि मनोपरामर्शको व्यवस्थाको लागि घचघचाईरने भन्ने योजना पनि रेडियोकर्मीहरूले बनाएका छन् ।
यसरी रेडियो र सबै सञ्चारकर्मीले यो विषयलाई प्राथमिकता दिने र सरकारले पनि मानसिक स्वास्थ्य पाउने नागरिकको हकलाई सुनिश्चित गर्ने हो भने धेरै आत्महत्यालाई जोगाउन सकिन्छ ।
जीवनलाई अध्यारो महसुस गरेर पीडामा बाँचेको जीवनमा उज्यालो ल्याउन सकिन्छ । मानसिक असन्तुलन भएका व्यक्तिको लागि आत्मसम्मान र माया सबैभन्दा ठूलो औषधि हो भन्ने तथ्यलाई हरेक व्यक्तिले सधैँ सम्झनु पर्दछ ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७, १२:१२