काठमाडौं ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम शुरु भइसकेकाले २४ सै घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । तर साढे ६ सय स्थानीय तहसँग बारुण यन्त्र नै नभएको पाइएको छ ।
संघीय सरकारले यसै साता हावाहुरीको मौसम शुरु भइसकेकाले सबै स्थानीय तहलाई बारुणयन्त्र सञ्चालनको लागि चौबिसै घण्टा तयारीको अवस्थामा राख्न निर्देशन दिएको हो । तर अधिकांश स्थानीय तहमा बारुणयन्त्र नै छैन ।
संघीय सरकारले यसै साता हावाहुरीको मौसम शुरु भइसकेकाले सबै स्थानीय तहलाई बारुणयन्त्र सञ्चालनको लागि चौबिसै घण्टा तयारीको अवस्थामा राख्न निर्देशन दिएको हो । तर अधिकांश स्थानीय तहमा बारुणयन्त्र नै छैन । जसमध्येकै एउटा स्थानीय तह हो, इलामको देउमाई नगरपालिका ।
नगर प्रमुख सुर्यप्रसाद पोखरेलले भन्नुभयो, ‘मन्त्रालयमा माग त गत वर्षै ग¥यौं । मन्त्रालयले दाताले दिएभने, उपयुक्त आयो भने पठाउँछौं भन्नेसम्मको कुरा भयो । दाताले दिएको पनि भनेजस्तो राम्रो नहुने हुँदा लिने कि नलिने भन्ने अन्यौलमा छौं भन्नुहुन्थ्यो ।’
धनुषाको विदेह नगरपालिकासँग पनि बारुणयन्त्र छैन । तर बारुणयन्त्र नभएपनि वैकल्पीक उपाय अपनाएर आगलागी भइहालेमा नियन्त्रण गर्ने तयारी नगरपालिकाले गरिरहेको नगरपालिकाका प्रमुख बेचन दासको दाबी छ ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार प्रत्येक ५० हजार जनसंख्या बराबर एउटा बारुणयन्त्र हुनुपर्छ । तर काठमाडौं उपत्यका जस्तो घना बस्ती भएको क्षेत्रमा १३ वटा मात्रै बारुणयन्त्र छ । मुलुकभरमै करिब एकसयवटा मात्रै छन् ।
अछाम जिल्लाभर मंगलसेन नगरपालिकासँग मात्रै बारुणयन्त्र छ । त्यो पनि जिल्लाको साँफेबगरमा रहेको सशस्त्र प्रहरीको व्यारेकमा राखिएको छ । संघीय सरकारले निर्देशन दिइरहँदा जिल्लाको कमलबजार नगरपालिकालाई भने यसबारेमा जानकारी छैन । नगरपालिकाका उपप्रमुख भुमिसरा ढकाल अहिलेसम्म आगलागीका घटना व्यहोर्नु नपरेको बताउनुहुन्छ । त्यस्तो घटना भइहालेमा ? उहाँले जवाफ दिनुभयो, “घटना भए त्यतिबेलै साेंचौला ।”
अन्तर्राष्ट्रिय मान्यताअनुसार प्रत्येक ५० हजार जनसंख्या बराबर एउटा बारुणयन्त्र हुनुपर्छ । तर काठमाडौं उपत्यका जस्तो घना बस्ती भएको क्षेत्रमा १३ वटा मात्रै बारुणयन्त्र छ । मुलुकभरमै करिब एकसयवटा मात्रै छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बारुणयन्त्र नभएका स्थानीय तहलाई बारुणयन्त्र भएको अर्को स्थानीय तहसँग सहकार्य गर्न अनुरोध गरेको मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ऋषी आचार्यले बताउनुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मुलुकभरका सातसय ५३ स्थानीय तहमध्ये करिब एकसय स्थानीय तहसँग मात्रै बारुणयन्त्र रहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मुलुकभरका सातसय ५३ स्थानीय तहमध्ये करिब एकसय स्थानीय तहसँग मात्रै बारुणयन्त्र रहेको छ ।
ऐनमा नगरपालिकाले बारुणयन्त्रको सञ्चालन तथा व्यवस्थापन गर्ने गराउने व्यवस्था छ । तर सबै नगरपालिका बारुणयन्त्र धान्ने हैसियतमा छैनन् । बारुणयन्त्र भएकासँग पनि दक्ष जनशक्ति छैन ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५, ११:४२