काठमाडौं ।
चिकित्सा शिक्षा सुधारका लागी आमरण अनसन बस्नु भएका डा गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच गएराति सहमति भएको छ। भंग भइसकेको वार्ता प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा फेरि भएर राती नै सहमति भएको हो ।
सरकार र डा. केसी पक्षबीच राति नै वार्ता भएर राती करिब १२:३० बजे आठ बुँदे सहमति भएको हो ।
सहमतिपत्रमा सरकार तर्फबाट वार्ता टोलीका संयोजक डाक्टर गोपीनाथ मैनाली र केसी पक्षका तर्फबाट स्वयं केसीले नै हस्ताक्षर गर्नु भएको छ ।
सहमतिमा हस्ताक्षरपछि २७ औँ दिनदेखि अनशनरत डा केसीले आज बिहान अनशन तोड्नु हुनेछ ।
यो डा.केसीको १९ औँ अनशन हो। उहाँले चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर २९ भदौदेखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित् बाबिरा मष्ट मन्दिरबाट अनशन शुरू गरेका गर्नुभएको थियो । सरकारले उहाँलाई काठाडौं ल्याएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७, ०६:४३