काठमाडौं । कोरोना सङ्क्रमणका कारण वडाअध्यक्षको मृत्यु भएको छ । सङ्क्रमणका कारण चितवन भरतपुर महानगरपालिका २० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको हो।
उपचारको क्रममा उहाँको भरतपुर अस्पतालमा गएराती मृत्यु भएको अस्पतालले जनाएको छ ।
६९ वर्षीय तामाङ उच्च रक्तचाप र मधुमेह रोगी हुनुहुन्थ्यो ।
तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज २३ गते अस्पताल भर्ना गरिएको थियो।
कोरोनासङ्क्रमण भएपछि निमोनिया पनि भएको थियो। उहाँ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्थ्यो ।
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७, ११:४०