काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको पीसीआर जाँचमा उपप्रमुख थापामा कोरोना पुष्टि भएको हो । उपप्रमुख थापा मगर बाँकेमा कोरोना रोकथाम र नियन्त्रण तथा प्रभावितको व्यवस्थापनका लागि खटिनुभएको थियो ।
उप-मेयर थापामगरले आफू अहिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै होम आइसोलेसनमै बसेको जानकारी दिनुभयो।
आफ्नो निकटमा रहेका व्यक्तिहरुलाई एकान्तवासमा रहन र केही लक्षण देखिएमा कोरोना जाँच गराउन पनि उहाँले अनुरोध गर्नुभयो ।
करिब १ महिनादेखि स्वास्थ्यमा सामान्य समस्या देखिएको भए पनि यसअघि गरिएको जाँचमा कोरोना नभएको रिपोर्ट आएको उपप्रमुख थापा मगरले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७, १५:५९