काठमाडौं । काठमाडौं मोडल स्कुल केएमसी बुद्धनगरका अभिभावकले लकडाउन अबधिभरिको मासिक शूल्क आधा घटाउन माग गरेका छन् । विद्यालयले अनलाइन कक्षा सञ्चालन भएको समयको पनि पुरै शूल्क दिनुपर्ने बताएपछि अभिभावकहरुले आज विद्यालय परिसरमा प्रर्दशन गरेका छन् ।
कोरोना भाइरसका कारण पठन पाठन बन्द भएको अवस्थामा पनि विद्यालयले बढी शुल्क लिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
कोरोना भाइरसका कारण पठन पाठन बन्द भएको अवस्थामा पनि विद्यालयले बढी शुल्क लिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । यो जटिल अवस्थामा विद्यालयलाइ पनि घाटा नपर्ने र अभिभावकले पनि तिर्न सक्ने गरि मासिक शूल्क निर्धारण गर्नुपर्नेमा विद्यालयले मनोमानी ढङ्गले शूल्क तोकेको अभिभावकको भनाइ छ ।
१३ वुँदे माग सम्बोधन गर्न विद्यालय प्रशासनलाई दुई हप्ताको समय दिँदा समेत बेवास्ता गरेका कारण बाध्य भएर आफूहरु प्रदर्शनमा उत्रनु परेको अभिभावक रविन्द्र ओझाले बताउनुभयो । उहाँले यो समयमा शूल्क आधा मात्रै लिनुपर्ने बताउनुभयो ।
उनीहरुले गैरकानुनी बार्षिक शूल्क खारेज गर्न, शूल्कको नाममा विद्यार्थीलाइ मानसिक तनाब नदिन, कोभिडका समयमा बृद्धि गरिएको शूल्क फिर्ता गर्न माग गरेका छन् । अभिभावकले बारम्बार उठाएको यो माग सम्बोधन गर्न विद्यालय प्रशासन तयार नरहेको उनीहरुको आरोप रहेको छ । आज बिहान झण्डै डेढ सय विद्यार्थीका अभिभावक जम्मा भएर प्रर्दशन गरेका हुन् ।
निजी विद्यालयलहरुले कोरोनाको समयमा पनि चर्को शूल्क उठाउन नछोडेको भन्दै अभिभावकहरुले गूनासो गरिरहेका छन् । अन्य निजी विद्यालयका अभिभावकले पनि विद्यालयले उठाइरहेको शूल्कका बारेमा बिरोध गरिरहेका समयमा केएमसीका अभिभावकले पनि प्रर्दशन नै गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७, १४:०२