काठमाडौँ । कलाकार, गीतकार तथा सङ्गीतकार लेखराज गिरीको शब्द र सङ्गीतमा दसैँ गीत "सुखी हुनु सधैँसधैँ" बजारमा आएको छ ।
पेन्टिङमा लामो समयदेखि सक्रिय कलाकार गिरीको यो दोस्रो गीत हो । गायक सुरज पण्डितले स्वर दिएको गीतमा कमल सौरागले सङ्गीत संयोजन गरेका छन् ।
यज्ञबहादुर खड्का र गीतकार तथा सङ्गीतकार लेखराज गिरीको प्रस्तुतिमा वर्ल्ड कभर मिडियाले अडियो तथा भिडियो उत्पादन गरेको हो ।
घरदेशभित्रै परदेशी भएका नेपालीको कथा यो गीतमा समावेश गरिएको गीतकार तथा सङ्गीतकार गिरीले बताउनुभयो ।
"विदेशबाट नेपालमा दसैँमा आउन नपाएका गीत धेरै बनेका छन् तर नेपालभित्रै भएर पनि दसैँमा घर पुग्न नपाउनेहरु र घरमा रहेका परिवारका सदस्यको मनोभावना समेट्ने कोसिस गरेको छु।" गीतकार गिरीले भन्नुभयो ।
आत्मसन्तुष्टिका लागि गीत लेखेको बाउँदै उहाँले आगामी दिनमा फरक विषयवस्तुका गीत ल्याउनका लागि निरन्तर लागिरहने गिरीको भनाइ छ ।
"सुखी हुनु सधैँसधैँ" बोलको गीतको भिडियोमा जीवन केसी, सुमिना निरौला, लीलामाया बस्नेत लगायत कलाकारले अभिनय गरेका छन् । निर्देशन तथा भिडियो सम्पादन वीरेन्द्र भाट विपिनले गर्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७, १४:१८