काठमाडौं । नेपाली काङ्ग्रेसले दशैका नाममा आएको सबै सांसदको भत्ता फिर्ता गर्ने निर्णय गरेको छ । काङ्ग्रेसलेले आफ्ना सबै सांसदको खातामा दसैँ भत्ताबापत जम्मा गरेको रकम फिर्ता गर्न संसद् सचिवालयलाई औपचारिक पत्र पठाउने निर्णय गरिसकेको छ ।
काङ्ग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलमार्फत भत्ता फिर्ताका प्रक्रिया थाल्न निर्देशन दिइसक्नु भएको छ ।
सभापतिको निर्देशन अनुसार काङ्ग्रेस संसदीय दलले संसद् सचिवालयलाई पत्र पठाएर आफ्ना सबै सांसदको दसैँ भत्ताबापतको रकम कट्टा गर्न भनेको प्रमुख सचेतक बालकृष्ण खाणले सीआइएनलाई जानकारी दिनुभयो । नेकपाभित्र पनि यस विषयमा शीर्ष नेताबीच छलफल सुरु भएको छ ।
पार्टीका केही सांसदले फिर्ता गरिसकेकाले पार्टीले औपचारीक रुपमा नै निर्णय गर्ने विषयमा छलफल भएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीको तर्फबाट वक्तव्य आउने सबै सांसदको भत्ता नलिने एक नेताले बताउनुभयो ।
जनता समाजवादी पार्टीले पनि भत्ता नलिनेगरि निर्णय गर्न लागेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७, १६:१६