काठमाडौँ । दसैँतिहार, छठलगायतका महत्वपूणर् चाडबाडको समयमा हुने चोरी, ठगी तथा अवाञ्छित गतिविधि रोक्न प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।
काठमाडौँ उपत्यकासहित देशभरमा लागु हुने गरी सुरक्षा योजना कार्यान्वयमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।
भीडभाड हुन नदिने, बिभिन्न बसपार्कहरुमा यात्रुलाई ठगिन नदिने, बढी भाडा लिनेहरूलाई कारबाहीका लागि सुरक्षा योजना बनाइएको ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले सीआईएनसँग बताउनुभयो ।
योजना अन्तर्गगत बिभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको र यातायात व्यवसायी र बसकाउन्टरमा काम गर्ने कर्मचारीको परिचयपत्रमा कडाइ गरिएको छ ।
अनुगमनको लागि ३२ जनाको ८ वटा टोली परिचालन गरिएको महाशाखा प्रमुख ढकालले जानकारी दिनुभयो । सुरक्षा योजना कार्यान्वयनमा आएपछि दैनिक ३०/४० जना बस व्यवसायी र चालक, सहचालक कारबाहीमा पर्ने गरेका छन् ।
दुर्घटना रोक्नका लागि काठमाडौँ उपत्यका बाहेकका बाहिरी जिल्लामा पनि मादक पदार्थ सेवन गरेको वा नगरेको थाहा पाउन जाँग भइरहेको प्रहरीले जनाएको छ ।
नोबेल कोरोना भाइरसको महामारीका कारण यो वर्ष गत सालको तुलनामा एक चौथाइ मात्र सवारीसाधन उपत्यकाबाट बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७, ०९:२१