काठमााडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले बडादसैँ २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूणर् नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड-१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागु गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दसैँ मनाउन आग्रह गर्नुभएको हो ।
विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोश र जाँगर थप्ने विश्वासका साथ राष्ट्रपति भण्डारीले उत्तरोत्तर प्रगतिको कामना गर्दै मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
्यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सदभाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपति भण्डारीको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७, ०८:३९