काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमादेिख सुरु हुने कात्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि सुरु गरिँदैछ ।
आश्विन शुक्ल पूणर्िमादेखि कार्तिक शुक्ल पूणर्िमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।
आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पिपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ ।
आश्विन शुक्ल पूणर्िमादेखि कार्तिक शुक्ल पूणर्िमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूणर्िमादेखि कात्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निणर्ायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सीआईएनलाई जानकारी दिनुभयो ।
कात्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूणर्िमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । आश्विन शुक्ल पूणर्िमाकै दिन मनाइने कोजाग्रत पूणर्िमा भने गएराति नै मनाइएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७, ०८:५५