काठमाडौँ । कोरोना सङ्क्रमणको दरमा वृद्धि हुँदै गर्दा विशेषज्ञ चिकित्सकहरूले कोरोनाका लक्षण देखिएमा तत्काल पिसिआर परीक्षण गर्न अनुरोध गरेका छन् ।
सीआईएनसँग कुराकानी गर्दै सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण देखिए तत्कालै पिसिआर परीक्षण गर्न सुझाव दिनुभएको हो । उहाँले कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिए पिसिआर परीक्षणमा ढिला गर्न नहुने सुझाव दिनुभयो ।
डा.सुवेदीले सिकिस्त भइयो भने तुरुन्त सही उपचार शुरु गर्न पाइने हुनाले समयमै पिसिआर जाँच गराउनुपर्ने पनि बताउनुभयो । उहाँले समयमै पिसिआर जाँच गर्दा रोगको पहिचान हुने सम्भावना बढी हुने भएकाले रोगको निदान गर्न पनि सहज हुने पनि उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७, ०९:११