काठमाडौं ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक पुग्नुभएको छ ।
फक्स न्युजका अनुसार जितका लागि २७० इलेक्टोरल मत आवश्यक पर्नेमा बाइडेनले २६४ र ट्रम्पले २१४ प्राप्त गर्नुभएको छ ।
बाइडेनले राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक राज्यमा विजयी हुने स्पष्ट भएको उल्लेख गर्नुभएको छ ।
मिसिगनमा जित सुनिश्चितअघि संक्षिप्त मन्तव्य दिँदै उहाँले मतगणना सकिएपछि आफू विजयी हुने बताउनुभयो ।
अन्तिम परिणाम भने एरिजोना, जर्जिया, विसकन्सिन र पेन्सिलभेनियाजस्ता ब्याटलग्राउण्डराज्यका परिणाम आएपछि आउनेछ ।
डोनाल्ड ट्रम्पले ५० राज्यमध्ये २३ राज्यमा जित्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७, ०७:१२