काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सचिावालयको बैठक बोलाउन गरेको आग्रह अस्वीकार गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाउनुभएको छ ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रचण्डले आज केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय सदस्यसँग अनाैपचारिक छलफल गर्न लाग्नुभएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
आज दिउँसो ३ बजेका लागि बैठकमा सहभागी हुन जानकारी गराइएको एक सचिवालय सदस्यको भनाइ छ । हिजो अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा छलफल भएको थियो।
भेट आरोपप्रत्यारोपमै सीमित भएका खबर सार्वजनिक भएका छन् । प्रचण्डले सचिवालय बैठक बोलाउन गरेको अनुरोधलाई प्रधानमन्त्रीले गुटको भेला र बैठक चलाएको भन्दै प्रचण्डको आलोचना गरेको र बैठक बोलाउन अस्वीकार गरेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७, ११:५८