न्यूयोर्क । जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्ने निश्चित भएको छ । महत्वपूर्ण र निर्णायक मानिएको पेन्सिल्भेनिया राज्यमा बाइडेनले जित हात पारेपछि उहाँलाई ह्वाइटहाउस पुग्न ढोका खुला भएको हो ।
बाइडनलाई ह्वाइट हाउस पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको आँकडामध्ये उहाँले हालसम्म २ सय ९० पाउनुभएको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्नुभएको हो ।
निर्वाचनको मतगणना क्रममा बाइडेन केही निर्णायक राज्यमा भने पछाडि पारिनुभएको थियो । तर पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै बाइडेनले राष्ट्रपतिमा स्थान सुरक्षित गर्नुभएको हो ।
ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्दै अदालती प्रक्रिया सुरु गरेको यसअघि नै जानकारी दिइसक्नुभएको छ ।
अफ्रिकी-दक्षिण एशियाली मुलकी कमला ह्यारिस भने अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित हुनुभएको छ । उहाँ जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी हुनुहुन्छ ।
डेमोक्रेटिकबाट जो बाइेडन राष्ट्रपति र कमला उपराष्ट्रपतिका उम्मेदवार हुनुहुन्छ । उपराष्ट्रपति ह्यारिसले अब २० जनवरीबाट आफ्नो कार्यकाल सम्हाल्नुहुनेछ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७