काठमाडौँ । प्रदेश २ को एसईई परीक्षा स्थगित भएको छ । शुक्रवार साँझ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रदेश २ मा परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको जानकारी गराउनुभयो ।
प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने र २१ गतेसम्मका सबै विषयको तत्काललाई स्थगित गरिएको मन्त्री पोखरेलले बताउनुभयो । 'बाँकी परीक्षाको तालिका पछि सार्वजनिक हुन्छ।' मन्त्री पोखरेलले भन्नुभयो ।
‘राष्ट्रिय परीक्षा बोर्डले छानबिन समिति बनाएको छ। शिक्षा मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरोबाट टोली खटाएको छ’, पोखरेलले भन्नुभयो, ‘अपराधीलाई कुनै हालतमा छाडिन्न। सरकारले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउँछ।'
प्रदेश २ परीक्षा अगावै प्रश्नपत्र बाहिर ल्याउनेलाई पत्ता लगाई कारबाही गरिने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो ।
‘राष्ट्रिय परीक्षा बोर्डले छानबिन समिति बनाएको छ। शिक्षा मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरोबाट टोली खटाएको छ’, पोखरेलले भन्नुभयो, ‘अपराधीलाई कुनै हालतमा छाडिन्न। सरकारले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउँछ।'
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५, २०:१४