काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।
विवाद समाधान गर्ने क्रममा लगातार भएका छलफलबाट धेरै कुरा सहमति नजिक पुगेकाले आझ केन्द्रीय कार्य समितिको बैठक बोलाइएको पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
धेरै कुरामा सहमतिको वातावरण बनेको र आज पनि छलफल गरेर सहमति भएका विषयलाई दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा लगेर पारित गराइने एक नेताले बताए ।
केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव लैजान पार्टीका उपसभापति विमलेन्द्र निधि र पूर्णबहादुर खड्काले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरिरहनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको शीर्ष नेताद्वय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबाहेकका अन्य पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यको दिनभरको बैठकपछि यस्तो सहमति जुटेको हो ।
काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्नेछ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७, १०:५०