काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट तिहारको टीका लगाउनुभएको छ ।
बालुवाटारमा कोइरालाले प्रधानमन्त्री ओली र उहाँकी पत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले पनि बहिनी कौशल्यालाई टीका लगाइदिनुभएको थियो । नोबेल कोरोना भाइरसको महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले प्रधानमन्त्री ओलीले बहिनी कौशल्याको हातबाट मात्रै टीका लगाउनुभएको हो ।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७, १४:४४