काठमाडौं ।
नेकपाको सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बहुमत सदस्यले बैठक गर्नुपर्ने अडान राखेपछि प्रधानमन्त्री ओली सचिवालय बैठकका लागि तयार हुनुभएको हो ।
गएको कार्तिक २८ गते आजका लागि सचिवालय बैठक तोकिएको थियो । तर प्रधानमन्त्री ओली बैठकका लागि तयार हुनुभएको थिएन ।
आजको बैठकमा सचिवालयका सबै सदस्य उपस्थित भएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७, १३:५३