काठमाडौँ । स्याङ्जाका मोहनप्रसाद पाण्डेले सांसद पदको पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले आज सपथ गराउनुभएको हो ।
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त पदमा नेपाली काँग्रेसले पाण्डेलाई चयन गरेको हो । समानुपातिक निर्वाचन पद्धतिबाट पाण्डे प्रतिनिधि सभा सदस्य चयन हुनुभएको हो ।
केसीको गत कात्तिक १७ मा निधन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले गत शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७