टीकापुर एफएम, कैलाली ।
कानुनले भन्छ, ‘समान काम, समान ज्याला ।’ तर कैलालीको टीकापुरमा लिङ्गकै आधारमा ज्यालामा विभेद छ । लैँगिक विभेदका कारण महिला र पुरुषबीच ज्यालामा भिन्नता हुँदा ज्यालादारीमा निर्वाह गर्नुपर्ने महिला मारमा छन् ।
टीकापुरका कृष्णा चौधरी र दिपेश चौधरी एउटै खालको काम गर्नु हुन्छ । दुवैजना मिस्त्रीलाई बालुवा, गिट्टी, सिमेन्ट पु¥याउने काम गर्नुहुन्छ ।
भारी उस्तै, काम गर्ने समय पनि एकै छ । तर उहाँहरूले पाउने पारिश्रमिक भने एक सय रुपैयाँले फरक छ ।
महिला भएकै कारण तपाईले एक सय कम पाउनु हुन्छ भनिएको छ तर त्यसो किन भयो होला ? कृष्णा चौधरीले थाहा पाउन सक्नु भएको छैन ।
भारी उस्तै, काम गर्ने समय पनि एकै छ । तर उहाँहरूले पाउने पारिश्रमिक भने एक सय रुपैयाँले फरक छ ।
कृष्णाले भन्नुभयो, ‘मैले काम गरेको ८ वर्षजति भयो । दुईसयमा सुरु भएको थियो, बढ्दै जाँदा अहिले ४ सय ६० रुपैयाँ छ । खोजेको त बराबरी नै हो । बराबरी भए राम्रो हुन्थ्यो भन्ने विचार त हाम्रो पनि हो । खै, पुरुषलाई र महिलालाई किन पो छुट्याइन्छ ? काम त बराबर गरिरहेका छौं । रेटचाहिँ बराबर हुँदैन हाम्रो । रेटमा फरक छ ।’
महिलाहरु पनि पुरुष सरह बिहान सबेरैदेखि साँझसम्म काम गर्छन् । तर ज्याला पाउने बेला पुरुषले बढी पैसा बुझ्दा नमिठो लाग्ने गरेको कमलादेवी चौधरी बताउनुहुन्छ ।
कमलाले भन्नुभयो, ‘काम गर्दाखेरी पुरुषलाई पाँच सय रुपैयाँ दिन्छन् त, महिलालाई चार सय रुपैयाँ दिन्छन् । हामीलाई पनि त मार्का प¥यो, हाम्रा बालबच्चा हामीले कसरी पढाउने हो ? लेखाउने हो ?’
एउटै काममा समान ज्याला नपाउँदा कमला, कृष्णा जस्ता सयौं महिला दुःखी छन् । थाहा पाएर पनि काम गर्नु उनीहरूको बाध्यता हो । असमान ज्याला मजदुरको नियति बनेको छ ।
एउटै काममा समान ज्याला नपाउँदा कमला, कृष्णा जस्ता सयौं महिला दुःखी छन् । थाहा पाएर पनि काम गर्नु उनीहरूको बाध्यता हो । असमान ज्याला मजदुरको नियति बनेको छ ।
श्रीमान श्रीमती एकै काममा लाग्दा कामको ज्याला भने एक सय रुपैयाँले फरक पाउने गरेको टीकापुरका दिपेश चौधरीले बताउनुभयो ।
‘सुरुमा चार सय पाउँथ्यौं, अहिले पाँच सय छ । ज्याला त एउटै हुनुपर्ने हो । तर महिला र पुरुषलाई अलग अलग गराइदिएका छन् । बराबर दिएको भए राम्रो हुन्थ्यो ।’
टीकापुर नगरपालिकाले निर्धारण गरेको दररेटमा ज्यालादारीमा काम गर्नेहरुका लागि न्यूनतम ५ सय ८० रुपैयाँ ज्यालादर तोकेको छ । तर ठेकेदारहरुले पुरुषलाई ५ सय ८० नै दिएपनि महिलालाई भने घटाएर ४ सय देखि सय ६० सम्म दिने गरेका छन् ।
त्यसो किन गरेको ? ठेकेदार मुन्सी भन्नुहुन्छ, ‘खास हजुरको महिलाको चार सय, पुरुषको पाँच सय हो । तर यसमा पुरुष र महिलाको पनि काम हेरेर हुन्छ । मैले त कतिपय महिलाहरूलाई पाँच सय रुपैयाँ पनि दिएको छु ।’
स्थानीय स्तरमा स्थानीय तहको प्रमुख संयोजक रहने गरी स्थानीय ज्याला निर्धारण समिति गठन गरिएको हुन्छ । टीकापुर नगरपालिकामा पनि नगर प्रमुखको संयोजकत्वमा ज्याला निर्धारण समिति गठन भएको छ ।
त्यो समितिले निर्धारण गरेको दररेटमा पनि एउटै प्रकृतिको काम गर्ने महिला र पुरुषलाई एउटै ज्याला तोकीएको छ ।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावल कार्यक्रम हामो पालिकाले उठाएको सवालपछि अब एकै ज्यालादर लागू गराउन विशेष कदम चाल्ने बताउनुहुन्छ ।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावल कार्यक्रम हामो पालिकाले उठाएको सवालपछि अब एकै ज्यालादर लागू गराउन विशेष कदम चाल्ने बताउनुहुन्छ ।
रावलले भन्नुभयो, ‘कतिपय ठाउँमा असमानता देखिएको छ । असमानता भन्दा पनि हामीले तोकेको रेटभन्दा उनीहरू आफैं मनखुशीले अथवा भनौं न आफैं सम्झौताका आधारमा गर्ने खालको कुराहरू बेला बेला हामीलाई पनि आइराखेको छ । डकर्मी संघ लगायत सम्बन्धित् पक्षहरूलाई बोलाएर हामी एकपटक यो कुरा सम्झाउँछौं । ’
रावलले अगाडी थप्नुभयो, ‘फेरि हामीलाई लिखित रुपमा त्यस्तोखालको कुनै पनि उजुरी आएको छैन, कारबाहीमा जाउँ, प्रक्रियामा जाउँ भन्नको लागि । हामीलाई विभेद भयो भन्ने खालको कुनै उजुरी आएको भए सजिलो हुन्थ्यो ।’
नेपालको संविधानको धारा १८ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने कुरा उल्लेख छ ।
त्यसै धाराको उपधारा ४ मा समान कामका लागि लैँगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन भनि उल्लेख गरिएको छ ।
तर लेखिएको त्यो कुरा व्यवहारमा कार्यान्वयन नहुँदा महिलाहरू अझै विभेद भोगिरहेका छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७, ०८:०८