काठमाडौं । नेपाल राष्ट्रिय मुवाथाई संघ अध्यक्षमा गणेशलाल कक्षपति चयन हुनुभएको छ । संघको आज भएको दोस्रो साधरणसभाले कक्षपतिलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
उहाँको नेतृत्वमा मुवाथाई संघको १७ सदस्यीय समिति बनेको छ ।
संघको उपाध्यक्षमा उमेश कुमार खड्का र निलम अधिकारी तथा महासचिवमा राजेश महर्जन चयन हुनुभएको छ ।
त्यस्तै सचिव उत्तम गुरुङ, कोषाध्यक्षमा भीमा श्रेष्ठ र सदस्यहरुमा विकेश देउला, दीपक तामाङ, अमर महर्जन, राजु कक्षपति, भुपेश शाक्य, धन बहादुर ठकुरी, सन्तोस घलान र मनिष लिबी चयन हुनुभएको छ ।
अरु सदस्यहरु कविकृष्ण मधिकर्मी, साजन माली र सुजता पोखरेल रहनुभएको छ । निर्वाचित भएकाहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रमाणपत्र प्रदान गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०७५, १८:०५