काठमाडौँ । साहित्यकार अमृत शर्मा ढकालको गीति सङ्ग्रह ‘लजालु पहाडहरू’ सार्वजनिक भएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका ७ का स्थायी बासिन्दा ढकालका ६६ वटा गीतहरूको सङ्गालो ‘लजालु पहाडहरू’ काठमाडौँको युरेका पब्लिकेशनले बजारमा ल्याएको हो ।
किशोरावस्थामा ढकाल मूलतः गजल लेखनमा सक्रिय रहे पनि पहिलो पुस्तकाकृति भने गीति सङ्ग्रह प्रकाशन भएको हो ।
आफू पुगेका, देखेका तथा भोगेका अवस्थाका प्रणय अनुभूति लेख्दै जाँदा गीति सङ्ग्रह बनेको ढकालले बाउनुभयो । ‘लजालु पहाडहरू’को आज एउटा कार्यक्रमका बीच नेपालगञ्जमा विमोचन गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, प्राज्ञ हरि तिमिल्सिनालगायतले सामूहिक रुपमा कृतिको विमोचन गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७, १०:१२