काठमाडौँ । सरकारले ७ सय ५३ वटै स्थानीय तहमा देखिएका विवाद समाधानका लागि संयन्त्र बनाएको छ । संघीय मामिला तथा सामान्य प्रशान मन्त्रालयले ७ वटा प्रदेशमा छुट्टाछुट्टै प्रदेश हेर्नेगरी उपसचिवको नेतृत्वमा संयन्त्र बनाएको हो ।
उपसचिवसरहका कर्मचारीलाई सहजकर्ताका रुपमा जिम्मेवारी दिएर स्थानीय तहमा देखिएका विवाद समाधान गर्ने जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारी सीआएनलाई जानकारी दिनुभयो ।
कुनै स्थानीय तहमा विवाद सिर्जना भएमा सहजकर्ताको टोली स्थलगत रुपमा नै परिचालन भएर विवाद समाधान गर्ने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७, १०:५४