टीकापुर एफएम, कैलाली ।
आफ्नो तथा सार्वजनिक निकायमा भए गरेका कामका विषयमा हरेक नागरिकले जानकारी प्राप्त गर्नुपर्छ ।
नागरिकको सूचनाको हकको प्रभावकारी प्रयोगको निमित्त सूचनाको हक सम्बन्धी ऐन २०६४ जारी भएको छ ।
तर कतिपय स्थानीय तहले आफूले सार्वजनिक गर्नुपर्ने सूचनाहरु समयमा सार्वजनिक नगरेको, सार्वजनिक सुनुवाइका कार्यक्रमहरु आयोजना नगरेको, गाउँ तथा नगरमा आएको विकासका काम तथा बजेटका विषयमा जानकारीहरु नदिएको नागरिकको गुनासो छ ।
कतिपय ठाउँमा विकास निर्माणका काम गुणस्तरीय नभएको तथा अनुगमनको काम पनि प्रभावकारी रुपमा हुन नसक्दा आफूहरुले तिरेको करको सही उपयोग हुन नसकेको दुखेसो नागरिकले गरिरहेका छन् ।
टीकापुरका नागरिकले नगरपालिकाको अनुगमनको पाटो कमजोर भएको गुनासो गरेका छन् । उनीहरुले नगर भित्र सञ्चालन गरिने योजनाहरुको सही रुपमा अनुगमन नहुँदा कामहरु गुणस्तरीय र पारदर्शी हुन नसकेको बताएका हुन् ।
कतिपय ठाउँमा विकास निर्माणका काम गुणस्तरीय नभएको तथा अनुगमनको काम पनि प्रभावकारी रुपमा हुन नसक्दा आफूहरुले तिरेको करको सही उपयोग हुन नसकेको दुखेसो नागरिकले गरिरहेका छन् ।
टीकापुर ब्लक नम्बर १४ का निर्मला कडायतले भन्नुभयो, ‘योजना हालेको पनि थाहा हुँदैन, अनुगमन कतिबेला हुन्छ त्यो पनि थाहा हुँदैन । पारदर्शी छ भनेर त म भन्न सक्दिनँ । ठूला ठूला योजना हालेका छन्, अनि १५ दिनमा काम सकेका छन्, कसरी पारदर्शी हुन्छ त त्यो ?’
निर्मला कडायत जस्तै टीकापुर २ का दिपक चौधरीलाई पनि नगरपालिकाको काम गर्ने तरिका चित्त बुझेको छैन ।
जबसम्म विकासका कामहरु गर्दा सबै सरोकार राख्ने निकाय र नागरिक समक्ष सूचना पु¥याईंदैन तबसम्म योजना छनोटदेखि फरफारक गर्दासम्म पारदर्शी नहुने उहाँको भनाइ छ ।
दिपकले भन्नुभयो, ‘अनुगमनको पाटोहरू एकदमै फितलो देखिएको छ, योजनाहरू छनौंट गर्दा सबैलाई सूचना सम्प्रेषण गर्नुप¥यो, सूचनाको कमी कमजोरीले गर्दाखेरी पनि जुन हुनुपर्ने कुरा हो त्यो भइराखेको छैन ।’
टीकापुरको विपद्पुरका बीरबहादुर घर्ती मगरलाई भने अवस्था केही सुधारिएको जस्तो लाग्छ । काम भएपनि त्यसलाई गुणस्तरीय बनाउने काममा नगरपालिकाले खासै ध्यान नदिएको उहाँको टिप्पणी छ ।
‘कतिपय प्राविधिकमार्फत् त्रुटी भएको छ, दोश्रो कुरा उपभोक्ताहरू मार्फत् पनि त्रुटी भएको छ । त्यति नराम्रो पनि छैन, एकदमै राम्रो छ भन्न पनि सकिंदैन’ – उहाँले भन्नुभयो ।
नगरपालिकाले विकासका काममा गुणस्तरीयता कायम गर्न र पारदर्शिता देखाउन खोजेको तर पर्याप्त नभएको टीकापुर एकका मोहन विकको अनुभव छ ।
नगरपालिकाले विकासका काममा गुणस्तरीयता कायम गर्न र पारदर्शिता देखाउन खोजेको तर पर्याप्त नभएको टीकापुर एकका मोहन विकको अनुभव छ ।
विकले भन्नुभयो, ‘उपभोक्ताहरूलाई भेला गराएर उपभोक्ता समिति बनाउँछ र, त्यसको फरफारक गर्दा पनि सामाजिक परीक्षण लगायतका काम गर्छ । विकास निर्माणको कामहरू गर्दा अझैपनि नगरपालिकाले जनताको पहिलो प्राथमिकता के हो, जनताको मनोभावना समेटिनेगरीकन अगाडी बढाउनुपर्छ । ’
टीकापुर नगरपालिका भन्छ, ‘हामीले नगरवासीको चाहना अनुसार काम गरिरहेका छौं ।’ काम गर्ने क्रममा भएका त्रुटीहरूलाई आगामी दिनमा सच्याउँदै जाने टीकापुर नगरपालिकाका उप प्रमुख केशरी रावल विष्ट बताउनुहुन्छ ।
उप प्रमुख रावलले भन्नुभयो, ‘काम राम्रो नभएपछि फिल्डमै हामीले प्रतिवेदन दिन्छौं, सुधार गर्नु भन्छौं र फेरि हेर्छौं ।’
घर नजिकै सरकार आएको छ । जनप्रतिनीधिसँगै बजेट र विकासका योजना आएका छन् । ति योजना कसरी चलिरहेका छन्, बजेट कहाँ कहाँ खर्च भइरहेको, कस्ता विषयले प्राथमिकता पाएका छन् ? हरेक नागरिकले खोज्न जरुरी छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७, १७:३४