लमजुङको राइनास नगरपालिकामा पर्ने राइनासकोट प्रसिद्ध ऐतिहासिक किल्लाको रूपमा परिचित छ । राइनासकोट नेपाल राष्ट्र निर्माणको इतिहासमा गौरवशाली भूमिका र पहिचान स्थापित गरेको किल्लाको रूपमा परिचित छ ।
शाहवंशीय राजाहरूको रणनैतीक कोट नेपालकै इतिहास बोल्ने कोट हो ।
नेपालकै पहिलो शाह राजा कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहद्वारा स्थापित लमजुङ-राइनासकोट राज्यको पछि उनका छोराहरू नरहरि शाहले थप सुदृढ़ीकरण गरे भने द्रव्य शाहले चेपेघाट-लगलिगको दौडमा विजय हासिल गरी वि.स.१६१६ मा गोरखाको राजा भएको इतिहास छ ।
दाजु नरहरि शाहले पश्चिम लमजुङको राजकाज पाएपछि द्रव्य शाह (१६१६-१६२७) पूर्वी किल्लाको राजा बनेका थिए ।
राइनास कोटमा बस्ने द्रव्य शाहले लिगलिगकोट दौड जितेपछि लिगलिग कोटको राजा भएपछि नेपालको एकीकरणको शुभारम्भ भयो भनिन्छ । लिगलिगको दौडमा विजयी हुने पुरै रणनीति द्रव्य शाहले यही कोटमा बसेर निर्माण गरेका थिए ।
त्यही रणनीति अनुसार राइनासकोटबाट द्रव्य शाह दलबलसहित लिगलिगको दौडमा सहभागी हुन पुगेका थिए ।
२०७२ को भूकम्पले भत्किएको कालिका मन्दिरलाई पुनर्निर्माण गरी अहिले आकर्षक मन्दिर निर्माण गरिएको छ । वीर भक्ति थापासँग जोडिएको गाउँ पनि यही भएकाले भक्ति थापाको शालिक पनि राइनासकोटमा स्थापना गरिएको छ ।
मगरहरूसँग दौडेका द्रव्य शाहले रणनीतिकरुपमा दौड जितेर लिगलिगकोटको राजा भए र त्यसपछि दौडेर राजा हुने परम्पराको नै अन्त्य गरे । गोरखग्रन्थमा उल्लेख भएबमोजिम गुरु गोरखनाथ पहिलोपटक तत्कालीन राजकुमार द्रब्य शाहको राईनासकोटको गाईगोठमा प्रकट भएर आर्शिवाद दिएका थिए ।
त्यसपछि उनको राज्य बिस्तारको अभियान सफल हुदै गएको भनिन्छ । पछि पृथ्वीनारायणले एकीकरण अभियानलाई सशक्त र सुदृढ़ गर्नको लागि यस ठाउमा बसेर योजना बनाएको कुरा लमजुङ जिल्ला समन्वय समितिले प्रकाशन गरेको ‘लमजुङको परिचय’ पुस्तिकामा उल्लेख छ ।
गोरखाबाट बेलाबेलामा राइनास गएर पृथ्वीनारायणले पूजाआजा गर्ने गरेको सिद्धबाबाको मन्दिर अहिले पनि सुरक्षित नै छ । ढुङ्गाको पर्खालले वरिपरि घेरिएको गोलाकार किल्लाभित्र सिद्धबाबाको मन्दिरका साथै कोटेश्वर महादेव, कालिका मन्दिर रहेका छन् ।
कोटमा गुरु गोरखनाथको निर्देशन मान्दै पृथ्वी नारायण शाह बेलाबेलामा पुग्ने गरेको प्रमाण त्यहाँ रहेका शिलालेखबाट प्रष्ट हुन्छ ।
एकीकरणको नयाँनयाँ रणनीति सुरु गर्नुअघि पृथ्वीनारायण राईनास कोटमा गएर एकदुई दिन बस्ने गर्दथे भन्ने भनाइ प्रचलनमा रहेको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा बताउनुहुन्छ ।
ऐतिहासिक दरबारका भग्नावशेषहरूले पुरातात्विक गढीको महत्व झनै बढाएकोले त्यसको संरक्षणमा नगरपालिका जुटेको थापा बताउनुहुन्छ ।
द्रव्य शाहको दरबार यतिबेला भग्नावशेष बनेको छ, त्यसको पुनर्निर्माणको लागि राइनास नगरपालिकाले बजेट छुट्याएर काम गर्न लागेको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा बताउनु हुन्छ । पहिले रागीनासको नामले परिचित उक्त ठाँउ पछि राइनास नाम रहन गएको किंवदन्ती रहेको छ ।
२०७२ को भूकम्पले भत्किएको कालिका मन्दिरलाई पुनर्निर्माण गरी अहिले आकर्षक मन्दिर निर्माण गरिएको छ । वीर भक्ति थापासँग जोडिएको गाउँ पनि यही भएकाले भक्ति थापाको शालिक पनि राइनासकोटमा स्थापना गरिएको छ ।
लमजुङको प्रवेशद्वार पाउंदीबाट पउने घण्टाको मोटर यात्रा वा २ घण्टाको पैदल यात्रामा यहाँ सजिलै पुग्न सकिन्छ । लमजुङको चम्पावती र मस्र्याङ्दी नदीका मैदानी भूभागकोबीच करिब १६०० मिटरको उचाइमा रहेको राइनासकोट टाढाबाट हेर्दा बन्दुक आकारको डाँडोको रूपमा रहेको छ ।
वि स १६१५ को विजयादशमीको दिन सम्पूणर् लिगलिगे भाइभारदार तथा प्रजाहरू राजा छान्न दौड प्रतियोगितामा व्यस्त रहेको मौका परेर लमजुङको राइनासकोटबाट सेनासहित गएका द्रव्य शाहले लिगलिगकोटमाथि अचानक आक्रमण गरेको भन्ने भनाइ पनि पाइन्छ ।
लिगलिगेहरूले द्रव्य शाहलाई परास्त गर्न नसकेकाले द्रव्य शाह सजिलै लिगलिगकोटको राजा बने ।
त्यसपछि द्रव्य शाहले बिस्तारैबिस्तारै गोरखाका जनताहरूलाई आफ्नो समर्थक बनाएपछि विस १६१६ को भाद्रमा आफ्ना सहयोगीहरूका साथ लिगलिगकोटबाट गोरखामाथी आक्रमण गरे । लगातार १५ दिनसम्म युद्ध भयो तर द्रव्य शाहले विजय प्राप्त गर्न सकेनन् तर उनी निराश भने भएनन् ।
आमा बसन्तावतीले चेपे नदीमा आफ्नो दूध बगाएर, ‘यो सीमानाबाट भाइ पनि लमजुङ नआउनु र दाइ पनि गोरखा नजानू । यदि यो नदी नाघेमा तिमीहरूले आमा छातीमा किचेको हुनेछ ।’ भनेको कुरा इतिहासमा उल्लेख छ ।
अर्कोपटक फेरि आक्रमण गर्नका लागि गणेश पाँडे, नारायणदास अर्याल, भगिरथ पन्त, गङ्गाराम राना, मुरली खवास, सर्वेश्वर खनाल, केशव बोहोरा, गजानन्द भट्टराई लगायतका गोर्खाली भारदारहरुको साथमा द्रव्य शाहले गोरखाका खड्का राजालाई मारे र गोरखा राज्यमाथी विजय प्राप्त भयो । यसरी द्रव्य शाहले गोरखा राज्य स्थापना गरे ।
द्रव्य शाहको दरबार यतिबेला भग्नावशेष बनेको छ, त्यसको पुनर्निर्माणको लागि राइनास नगरपालिकाले बजेट छुट्याएर काम गर्न लागेको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा बताउनु हुन्छ । पहिले रागीनासको नामले परिचित उक्त ठाँउ पछि राइनास नाम रहन गएको किंवदन्ती रहेको छ ।
द्रवे शाहले लिगलिगकोटमा आफ्नो राज्य स्थापित गरेपछि उनका दाजु लमजुङका राजासँग झगडा पर्यो । त्यसपछि आमा बसन्तावतीले चेपे नदीमा आफ्नो दूध बगाएर, ‘यो सीमानाबाट भाइ पनि लमजुङ नआउनु र दाइ पनि गोरखा नजानू । यदि यो नदी नाघेमा तिमीहरूले आमा छातीमा किचेको हुनेछ ।’ भनेको कुरा इतिहासमा उल्लेख छ ।
राइनासकोटबाट अन्नपूणर्, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्रे हिमशृङ्खलाहरु नजिकैबाट अवलोकन गर्न सकिन्छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७, ०९:२८