काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोबेल कोरोना भाइरसको जोखिम अझै नघटेको अवस्थामा देशभर विद्यालय खुल्न थालेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
जोखिम कम भएको क्षेत्रमा स्वास्थ्यका मापदण्ड अपनाउँदै विद्यालय खुल्न थालेका छन् । पुसको पहिलो सातासम्म खुल्ने विद्यालयको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।
विद्यालय खोल्ने बारेमा कुनै पनि निणर्य नभएको र आफूखुसी विद्यालय खोलेको सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।
सीआईएनसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयले विद्यालय खोल्नु नभनेकाले अब बन्द गर्नु भन्न आवश्यक नरहेकाले कुनै पनि निर्देशन नदिइएको बताउनुभयो ।
तर यसअघि शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले भने मापदण्ड पालना गर्दै विद्यालय खोल्न सक्ने गरि निर्देशिका बनाइसकेको छ ।
कोरोनाको जोखिम कम नभएसकेको अवस्थामा विद्यालय खोल्दा जोखिम कायमै रहेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७, १०:१९