काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ । आज विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले संसद विघटनको सिफारिस गर्नुभएको हो ।
मन्त्रिपरिषद्को आजको बैठकले संसद विघटनको निर्णय गरेको उर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । प्रधानमन्त्रीको यो कदमपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले बालुवाटार पुग्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७, १०:४६