काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई अनुमोदन गर्नुभएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गरेको थियो। मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेर निर्णयबारे जानकारी गराउनुभएको थियो ।
सरकारले सिफारिस गरेको भए पनि राष्ट्रपतिले अनुमोदन नगर्ने आँकलन गरिएको थियो। राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेसँगै आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति तोक्नुभएको छ ।
राष्ट्रपतिले सरकारको यो सिफारिस अनुमोदन गरेसँगै सामाजिक सञ्जाल तथा सर्वत्र आलोचना हुन थालेको छ ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७, १४:३४