काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीइतरका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । ओलीको सिफारसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै मन्त्रिपरिषद्मा रहेका प्रचण्ड–माधव नेपाल समूहका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूहका सबै मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको जानकारी दिनुभयो ।
तीन राज्यमन्त्रीसहित मन्त्रिपरिषद् २५ सदस्यीय छ।
मन्त्रीपरिषद्मा दाहाल–नेपाल समूहबाट रामबहादुर थापा, घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बिना मगर, लेखराज भट्ट, रामेश्वर राय यादव लगायत हुनुहुन्छ । गृहमन्त्री थापाले भने राजीनामा दिनेनदिने बारेमा कुनै खबर नआएको प्रचण्ड नेपाल समूहका एक नेताले बताए ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७, १५:०६